तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएका झापाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

भद्रपुर, झापा । भारतबाट झापा भद्रपुर घर आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–४ निवासी ३८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।

ती पुरुष भारतको बैंगलोरमा काम गर्न गएका थिए । चार दिनअघि घर फर्किएका ती पुरुषमा बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल गएका थिए ।

उनी घर आउँदा कुनै लक्षण देखिएको थिएन, चार दिनपछि मात्र लक्षण देखिएको बताइन्छ । संक्रमित पुरुषको शव व्यवस्थापन भद्रपुर–४ स्थित मायालु सामुदायिक वन परिसरमा गरिएको छ  ।

आज झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाइले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button