वैदेशिक लगानीको ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी

काठमाडौँ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७५÷७६मा सेवा क्षेत्रअन्तर्गत कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ ।
त्यसै गरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आव २०७५÷७६ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीमा ८.८ प्रतिशतले कमी आएको देखाएको छ ।
२०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये भारतबाट सबैभन्दा बढी ५६ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ ।
यसै गरी चीनबाट २७ अर्ब ५६ करोड लगानी रहेका प्रत्यक्ष वैदेशिक प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्