पेस्तोल सहित युवक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला स्थित मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय राजु राना मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा रहेका प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधवार साँझ भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको अवस्थामा राजुलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले कम्मरमा लुकाइछिपाई ल्याएको सनमाईका लेखिएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने खाली म्याग्जिन २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
हतियार सहित पक्राउ परेका अभियुक्त मगरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रवक्ता खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्