तपाईँ सुन्दै हुनुहुन्छः

होम आइसोलेसनमा बस्नेहरूलाई निःशुल्क अक्सिजन वितरण

वीरगंज । वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेहरूलाई अक्सिजन उपलब्ध गराउने उद्देश्यले आजबाट वीरगञ्जमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन वितरण सेवा सुरु गरेको छ ।
कोरोना संक्रमित भएपछि गम्भीर बिरामीहरूमा श्वासप्रश्वासमा समस्या देखिएको र सो अवस्थामा अक्सिजन विना मानिसको ज्यान जान सक्ने खतरालाई महसुस गरी  सर्वसाधारणलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्र बीरगंजका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
निःशुल्क अक्सिजन वितरण सेवाको आज एक कार्यक्रमका बिच पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उद्घाटन गर्नुभयो ।
सेवाका तत्काल सानो सिलिन्डर १४ र ठुलो ५ वटा राखिएको छ । आवश्यकता अनुसार अक्सिजन सिलिन्डर थप गर्दै लैजाने तयारी केन्द्रको छ । गत बर्ष कोभिड सङ्क्रमणसँगै वीरगञ्जमा होम आइसोलेसनमा बस्ने संक्रमित अक्सिजन नपाएर छटपटाएको अवस्थालाई दृष्टिगत गर्दै यस बर्ष बेलैमा अक्सिजन वितरण कार्यलाई सहज बनाएकोमा सामुदायिक केन्द्रलाई प्रहरी उपरीक्षक पाण्डेले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button