तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा आज उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा आजउपचारत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज बिहान ११ः०० बजे बीरगंज महानगरपालिका वडा नम्बर १९ निवासी ६३ वर्षीय पुरुषको मृत्यु भएको छ भने आज बिहानै बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६१ वर्षिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ फिजीसियन डा.नीरज सिंहले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि वैशाख ५ गते अस्पतालमा भर्ना भएका पुरुषको ६ गते पिसिआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको र आज उपचार कै क्रममा नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।

यसअघि आजै बिहान उच्च ज्वरो, खोकी, निमोनियाको कारण चार दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उपचार कै क्रममा मृत्यु भएको डा. दासले बताउनुभयो ।

बीरगंजमा कोरोना सङ्क्रमणको कारण एक साता मात्र यता ९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button