तपाईँ सुन्दै हुनुहुन्छः

१ सय २९ जनालाई आर्थिक आर्जनको लागि रकम प्रदान

बारा । गरिब न्यूनीकरण तथा सामुदायिक विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले १ सय २९ जनालाई आर्थिक आर्जनको लागि रकम प्रदान गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेलले नगर भरिबाट छनोट गरिएका गरिबहरूलाई चेक हस्तान्तरण गर्नुभयो ।
कम आय भएका परिवारलाई व्यापार व्यवसाय गर्न सहज होस र आर्थिक आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सहुलियत दरमा कर्जा उपलब्ध गराइएको नगर उपप्रमुख सरस्वती देवी चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button