बुटवल उपमहानगर भित्रका सम्पूर्ण शैक्षिक संस्था वैशाख मसान्तसम्मका लागि बन्द
रुपन्देही । विद्यालय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको छ ।
बुटवल उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै वैशाख ९ गतेबाट वैशाख मसान्त सम्मका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न सूचित गरेको छ ।
उपमहानगरले पूर्व निर्धारित परीक्षाहरू समेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । कक्षा ८ को पालिकास्तरिय परीक्षा समेत स्थगित गरेको छ ।
बन्द भएका विद्यालयहरूले वैकल्पिक माध्यमबाट कक्षा लिन सक्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।
उपमहानगरका अभिभावकहरूलाई आ–आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्