तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, झापा । पूर्व –पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित चारआली चौकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख८११ नम्बरको ट्रकले मङ्गलवार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ वर्षीय प्रवेश बयलकोटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि स्थानीय बीएण्डसी अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय सागर लिम्बु सामान्य घाइते भएका छन् भने ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ वर्षीय सुमन दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button