तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेसीमा

काठमाडौं । संवैधानिक इजलासमा सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनु भएको इजलासमा सभामुख विरुद्धको मुद्दाको आज सुनुवाई हुने भएको हो । ।

सशस्त्र द्वन्दका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाकोसमेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि लामाकी श्रीमती पूर्णिमाया लामाले दिनु भएको निवेदन उपर आज सुनुवाइ हुन लागेको हो ।

लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

त्यस्तै पत्रकार कनकमणि दीक्षितले अदालतको अवहेलना गरेको भन्दै २०६८ असार ६ गते सापकोटा विरुद्व अदातलको अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गर्नुभएको  थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button