तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा आज रातिदेखि एक साता लकडाउन

नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आजदेखि सात दिन लकडाउन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी सूचनामा बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न आज राति १२ बजेदेखि बैशाख १५ गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । बैंक, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल संचालन गर्न दिइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button