महाकालीका छात्रले पाए ५० हजारको छात्रवृत्ति

धनकुटा । बिज्ञान बिषयमा आकर्षण बढाउन छथर जोरपाटी गाउँपालिकाले शुरु गरेको यो बर्षको छात्रबृती अनुदान पालिकाको महाकाली मा.बि.ताम्लिङ्गका एक छात्रले पाएका छन् ।
छथर जोरपाटी गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्याथीरुमा अभिरुची जगाउन यो बर्षबाट उक्त संकायमा उच्च मा.बि.तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रबृती अनुदान कार्यक्रम शुरु गरेको थियो ।
छात्रबृती पाउनेमा ०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.मा कक्षा ११ मा अध्ययनरत वडा नं. ५ का .सुदिप लिम्बू रहेकाछन् ।
पालिकाले माघ १९ गते प्रकाशित सूचनाका आधारमा यो बर्ष पालिकाका १० मा.बि.बिद्यालयबाट उनको मात्र दरखास्त परेको थियो ।
छात्रबृती छनौट ब्यबस्थापन तथा कार्यबिधी २०७६ अनुसार लिम्बूलाई नगद ५० हजार उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ ।
समितिका संयोजक तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा आईतबार बसेको बैठकले तोकीएको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कक्षा १२ का लागि भने कक्षा ११ को मुल्यांकङ्कनको आधारमा रकम अनुदान दिईने समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्