तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए ले निर्माण गरेको नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिने

काठमाडौँ । २०७२ सालको महाभूकम्पको केन्द्र विन्दु गोरखाको लाप्राकमा गैर आवासीय नेपाली सङ्घले निर्माण गरेको नमूना बस्ती स्थानीय लाभग्राहीलाई हस्तान्तरण गरिने भएको छ ।
गैर आवासीय नेपाली संघको पहलमा विश्वभरका गैर आवासीय र अन्य नेपालीहरूबाट रकम सङ्कलन गरेर नमूना बस्तीमा ५ सय ७३ घरहरू निर्माण सम्पन्न भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।
सङ्घले यही वैशाख ९ गते लाप्राकको गोक्से पाखामा एक कार्यक्रमको आयोजना गरेर नमुना बस्ती लालपुर्जासहित हस्तान्तरण गर्न लागेको निर्माण समितिका संयोजक एवं गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली सङ्घले विश्वभरबाट रकम सङ्कलन गरेर ६१ करोड ४० लाख भन्दा बढीको लागतमा बस्ती निर्माण सम्पन्न गरेको हो । नमूना बस्ती निर्माणमा नेपाल सरकारले २६ करोड लगानी गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नमूना बस्ती स्थानीय लाभग्राहीलाई हस्तान्तरण गर्ने तय भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button