सप्तरीबाट भारतीय टेम्पो नियन्त्रणमा
सप्तरी । सशस्त्र प्रहरीले इँटा उद्योगमा लुकाएर राखिएका टेम्पो नियन्त्रणमा लिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा भारतीय नम्बर प्लेट भएको टेम्पो लुकाएर राखिएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकाल नेतृत्वको टोलीले ती टेम्पो नियन्त्रणमा लिएको हो ।
५४ लाख मूल्य बराबरका ती टेम्पोको कुनै कागजातसमेत फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ ।
ती टेम्पोलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्