तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीय महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

३५ वर्षीय महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने गएराति मात्र पोजेटिभ आएको थियो । स्वास्थ्य समस्या आएपछि उनी सोमबार बिहान उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै गएराति मृत्यु भएका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज ल्याइएको थियो ।

स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजेटिभ आएको थियो ।राति नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । यो सँगै कोरोना सङ्क्रमणका कारण बाँकेका ६३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button