तपाईँ सुन्दै हुनुहुन्छः

‘बीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको सम्पुर्ण तयारी पुरा’ 

बीरगंज । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयद्वारा आज ठाकुराम बहुमुखी क्याम्पसको सभा हलमा वीरगंजमा स्थापना हुने विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी अनियन्त्रितmया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उच्चस्तरीय जनशक्ति तयार गर्न विज्ञान प्रविधि अध्ययन अनुसन्धानलाई अगाडी बढाउन विश्वविद्यालयको स्थापना हुन लागेको बताउनुभयो ।
प्रदेश सरकारले यसअघि जनकपुरमा स्वास्थ्य प्रतिष्ठान, राजविराजमा कृषि विश्वविद्यालय तथा वीरगंजमा प्रविधि र विज्ञान विश्वविद्यालय स्थापना कार्य सुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँले सामान्य सहकार्य हुन नसक्दा काम रोकिएको तर प्रदेश सरकारले विश्वविद्यालय सम्बन्धी विधेयक–२०७७ समेत तयारी गरिसकेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले ठाकुरराम बहुमुखी क्याम्पसकै हाताभित्र विश्वविद्यालय सञ्चालन गरेमा सबैभन्दा बढी राम्रो हुने दाबी गर्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले विश्व विद्यालय स्थापनाको लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन गर्न महानगर तयार रहेको बताउँदै कृषि औजार कारखानाको जग्गा वा अन्य स्थानमा पनि प्रदेश सरकारले लगानी गर्न चाहे विश्वविद्यालय सञ्चालनमा अवरोध नहुने बताउनुभयो ।
कार्यक्रममा सहभागी बीरगंजका उद्योगी, व्यापारी, समाजसेवी, प्राध्यापक, सञ्चारकर्मीहरुले ३० वर्षदेखि वीरगंज विश्वविद्यालयको अवधारणा आएको भए पनि साकार हुन नसकेको चिन्ता व्यक्त गरेका छन् ।
वक्ताहरूले प्रदेश सरकारसँग उचित जनशक्ति र आर्थिक हैसियत समेत पुग्ने नहुँदा विश्वविद्यालय सञ्चालन हुनेमा विश्वास गर्ने वातावरण नरहेको टिप्पणी गरेका थिए । वक्ताहरूले प्रदेश सरकारले ल्याएको योजना सराहनीय रहेको र वीरगंजवासीले सो योजनालाई स्विकार्ने कुरामा जोड दिएका थिए ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रल्हाद गिरी, करिमा बेगम, प्रदेश २ का मुख्य सचिव चुडामणि दवाडी, प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झा, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, प्रदेश २ का अध्यक्ष गणेश लाठ, केन्द्रीय सदस्य अशोक टेमानी, ठाकुरराम क्याम्पसका प्रमुख उमेशप्रसाद चौरसिया, प्राध्यापक दीपक शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button