सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्