तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा १ जनाको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर

 कैलाली । मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने ६१ वर्षीय राजु चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्तिबाट टिकापुर आउनेक्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चन्दको उपचारका लागि कोहोलपुर लिने क्रममा बाटोमा मृत्यू भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

गएराति ८ बजे तिर भएको दुर्घटनामा परि ४५ वर्षिय अनिल जोशी घाइते भएका छन् । जोशिको टाउकोमा चोट लागेको र नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । चन्दको शव टीकापुर ल्याउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै लम्कीचुहा नगरपालिका वडा नम्बर ३ खैरेनिस्थित पूर्वपश्चिम राजमार्गमा घाइते अवस्थामा भेट्टीएका नाम र ठेगाना नखुलेका करिब ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ती पुरुषको शव टिकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button