तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोड बढीको क्षति

जुम्ला । कर्णाली प्रदेशमा बितेको ९ महिनामा आगलागीबाट करिब १ अर्ब ७१ करोड बढीको क्षति भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लाको तथ्याङ्क अनुसार आगलागीबाट उक्त परिमाणको क्षति भएको पाइएको छ ।

आगलागीमा विभिन्न जिल्लाका ११ जनाले ज्यान गुमाएका छन्, सयौँ पशुचौपाय मरेका छन् । वन डढेलोका कारण थुप्रै सामुदायिक र राष्ट्रिय वनमा आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन ।

तर कर्णाली प्रदेशका १० वटा जिल्लामा भएको आगलागीका घटनाको विवरण केलाउँदा साँढे १ अर्ब भन्दा बढीको क्षति व्यहोर्नु परेको अवस्था छ ।

माथिल्लो कर्णालीका जिल्लाका अझै पर्याप्त हरियाली नभएको र मौसम सुक्खा भएकोले आगलागीका घटना बढ्न सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्री बताउनुहुन्छ ।

अझै वनजंगलसहित गाउँघरमा आगलागी बढ्न सक्ने भएकोले सरोकारवाला निकायले सचेतनाका कार्यक्रम बढाउनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button