तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण  

रुपन्देही ।  लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनबाट पारित प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण भएको छ ।
प्रदेशसभाबाट २०७७ चैत २४ गते पारित भएको यो विधेयक लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभएको छ ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम यो विधेयक प्रमाणीकरण भएको पौडेलले बताउनुभयो ।  चैत १८ गतेदेखि सुरु भएको सातौँ अधिवेशन यो विधेयक पारित गरेर ५ दिनमा नै अन्त्य भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button