तिनाउ नदीमा पौडिन गएका बुटवलका एक युवाको डुबेर मृत्यु

रुपन्देही । गर्मी छल्न तिनाउ नदीमा पौडिन गएका बुटवलका एक युवाको डुबेर मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउंपालिका तल्लो सिद्धबाबा नजिकै तिनाउ नदीमा पौडी खेल्न गएका बुटवल उपमहानगरपालिका वडा नं. ८ तिनकुने बस्ने २२ वर्षीय हेमन्त शर्माको डुबेर मृत्यु भएको हो ।
गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हिराबहादुर महतका अनुसार चारजना साथीसंगै पौडी खेल्न गएका शर्माको डुबेर मृत्यु भएको हो ।
पौडी खेल्न गएका पांच जनामध्ये चारजना खोलामा डुबेपनि पौडी खेल्न जानेका एकजनाले बांकि तिनजनालाई उद्धार गर्न सफल भएपनि शर्माको भने उद्धार गर्न नपाउंदै मृत्यु भएको महतले बताननुभयो । प्रहरीले मृत्यु भएका शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्