कोरोनाबाट बाँकेमा सुर्खेतका ३१ वर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज। बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३१ वर्षीय पुरुषको आज बिहान भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
उनमा चैत ३१ गते कोरोना पुष्टि भएको थियो । एक साता अघि भारतबाट आएका उनी श्वास फेर्न गाह्रो भएपछि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए । यो सँगै बाँकेमा उपचारमा रहेका बाहिरी जिल्लाका ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्