तपाईँ सुन्दै हुनुहुन्छः

मौसम आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button