राजदूत पाण्डेद्वारा चिनियाँ राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

बेइजिङ । जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेले चीनका राष्ट्रपति सि चिनफिङ समक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा आयोजित एक विशेष समारोहमा राजदूत पाण्डेले चिनियाँ राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेइजिङ स्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया राख्नुहोस्