सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयारः मन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनुभएको छ ।
समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गल बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्यौलतातर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो कि भन्ने चिन्ता रहेको धारणा राख्नुभयो ।
केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात् नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्