तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट विभिन्न मानपदवी र पदकबाट ५ सय ९३ जनालाई विभूषित गरिदैँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ सय ९३ जनालाई विभूषित गर्दै हुनुहुन्छ ।राष्ट्रपति ले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ५९३ जना महानुभावहरुलाई विभूषण (मानपदवी, अलंकार, र पदक) प्रदान गर्न लाग्नुभएको हो ।

नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति भवन शीलतनिवासमा एक समारोहका बीच उक्त विभुषण प्रदान गर्न लाग्नुभएको हो ।

आज मानपदवी तर्फ ४५२, अलङ्कारतर्फ ११४, पदकतर्फ २७ जना गरी जम्मा ५९३ जना आज विभूषित हुनुहुनेछ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा. मीना वैद्य, प्रा.डा. इन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने रहेको विभूषण समितिले सिफारिस गर्नुभएका व्यक्तिहरूलाई उक्त मानपदवीले सम्मान गर्न लागिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा १, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा ३, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ७, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ८, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जना आज विभूषित हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button