११३ स्वाब परिक्षण गर्दा ५९ लाई कोरोना
नेपालगन्ज।नेपालगन्जस्थित भेरी अस्पतालमा आज ५९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १३ स्वाब परिक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
केही दिन यता बाँकेमा तीव्र गतिमा कोरोना फैलिरहेको छ । हिजो पनि ७८ स्वाब परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्