तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर कैलाली।करेन्ट लागेर टीकापुरमा एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय अरवरुवा खोलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति चौधरीको करेन्ट लागेर मृत्यु इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

चौधरीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । चौधरीलाई करेन्ट के कारणले लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button