तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

रूपन्देही । रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना विषेष अस्पतालमा प्युठान स्वर्गद्वारी-९ का पुरुष र रुपन्देही तिलोत्तमाकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४३ वर्षीय पुरुष र ७१ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनुभयो ।

चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको प्युठानका संक्रमितकाे सोमबार विहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button