अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भन्नुभयो, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रूसले ब्यहोर्नुपर्नेछ ।
उहाँले भन्नुभयो, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।
“अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भन्नुभयो ।रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्