गाउँपालिकाले दियो कृषकलाई कृषि सामाग्री

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकहरूलाई विभिन्न कृषि सामाग्रीहरू वितरण गरेको छ ।
गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई आज कृषिसँग सम्बन्धित सामाग्रीहरू वितरण गरेको हो ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत साझेदारीमा कृषिका सामाग्रीहरू वितरण गरिएको कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो ।
कृषकहरूले थोपा सिँचाई, प्लास्टिक टनेल लगायतका सामाग्रीहरू पाएका छन् ।
२२ कृषकलाई गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष सम्झना राई लगायतले सामाग्री वितरण गर्नु भएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो ।
कृषकलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक बर्ष २०७७÷०७८ को बजेट र कृषकको साझेदारीमा कृषि सामाग्रीहरू वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिका भित्र ६ वटा वडाहरू छन्, यस भित्रका कृषकहरूलाई गाउँपालिकाले सहयोग गरेको हो । हामीले यस अघि पनि गाउँपालिका भित्रका कृषकहरूलाई मौरीको घार लगायतका सामाग्रीहरू समेत सहयोग गरी सकेका छौ ।”
गाउँपालिकाबाट सहयोग पाएपछि कृषकहरू समेत उत्साहित बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्