तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा नवनियुक्त कर्मचारीहरुका लागि आयोजना गरिएकोे १५ दिने सेवा प्रवेश तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

प्राधिकरणमा यही चैत ५ गतेदेखी स्थायी नियुक्त प्रशासन,इन्जिनियरिङ,आर्थिक प्रशासन र कानून समूहका २१ जना कर्मचारीहरुलाई कार्यस्थलमा काम गर्न हौसला र सहजता प्र्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

तालिम समापन समारोहमा प्राधिकरणका निर्देशक दिपेश आर्चायले प्रमाणपत्र प्रदान गर्नुहुदैं नयाँ कर्मचारीको भूमिका प्राधिकरणको कार्यक्षेत्र विस्तारमा महत्वपूर्ण हुने बताउनुभयो ।
प्रशिक्षक दुर्गानिधी शर्माले तालिममा हासिल गरेका ज्ञान व्यवहारमा कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताउनुभयो ।

प्रशिक्षार्थीकोतर्फबाट सहायक निर्देशकमा नियुक्त कैलाश कार्कीले सेवा प्रवेश तालिम आयोजना गरेकोमा प्राधिकरणप्रति अभार प्रकट गदैं सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समापन समारोहमा प्राधिकरणका उप निर्देशक सुर्यप्रसाद लामिछाने,सहायक निर्देशक रचिता आर्चाय,प्रशिक्षक द्धारिकाप्रसाद आर्चाय सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button