तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घमा विपुल पोख्रेलको प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले ६  हजार ९४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शर्माले ३ हजार ९१५ मत प्राप्त गर्नुभएको छ । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

यही चैत २५ गते पहिलो पटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी हुनुभएको हो ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति)नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव(दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित हुनुभएको छ ।

यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button