झापाको सतिघट्टामा बीओपी स्थापना

भद्रपुर, झापा । जिल्लाको सीमा सुरक्षालाई मध्यनजर गरी झापामा सशस्त्र प्रहरीले थप एउटा बिओपी स्थापना गरेको छ ।
मेचीनगर नगरपालिका–७ सतिघट्टामा रहेको प्रयोगविहीन ढल तथा फोहोर व्यवस्थापन कार्यालय भवनमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट स्थापना गरेको हो ।
सो विओपीको शुक्रवार एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
बिओपी स्थापना भएसँगै झापाको सीमा सुरक्षा थप मजबुत भएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्