तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरोको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु

झापा । झापाको बुद्ध शान्ति गाउँपालिका–३ सात नम्बर चौकस्थित मेची राजमार्गमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार राति साँढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको बोलेरो पिकअपले नाम थर नखुलेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिई घाइते बनाएकोमा उनको वीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटना गराउने बोलेरो र चालक मेचीनगर–३ बाहुन डाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button