तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको लागि पोसिलो खानेकुरा वितरण 

बारा । बाराको निजगढ नगरपालिकाले सुत्केरी महिलाको लागि पोसिलो खानेकुरा वितरण कार्य सुरु गरेको छ ।
सुत्केरी महिलाको लागि पोषण कार्यक्रम अन्तर्गत महिलाहरूसँग अभिमुखीकरण तथा पोसिलो झोला वितरण कार्यक्रम नगरपालिकामा सञ्चालन भइरहेको निजगढ नगरपालिकाको नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो ।
समय समयमा पाठेघरको चेकजाँच समेत गराउनु नगर प्रमुख खनालले महिलाहरूलाई अनुरोध गर्नुभयो ।
महिलाहरू सुत्केरी भए पश्चात् भविष्यमा उनीहरूको स्वस्थलाई  मध्यनजर गर्दै पोसिलो झोला वितरण भइरहेको निजगढ नगरपालिकाले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button