‘राज्य र जनता स्वतन्त्र बनाउन रत्नकुमारले खेलेको भूमिका अविस्मरणीय’

इलाम । नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृति सभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गर्नुभयो ।
नेम्वाङले देशका शहीदहरूले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताउनुभयो । वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताउनुभयो ।
उहाँले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताउनुभयो । सरकारले भूमिगत अवस्थामा रहेका दलहरूलाई अन्य दल सरह नेपालको झन्डामुनि उभ्याउने काम गरेको भन्दै नेम्वाङले यसलाई सफलता मान्ने कि असफलता भन्दै प्रतिप्रश्न गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्