तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रको पुनरुत्थानका लागि विशेष कार्यक्रम ल्याइन्छः मन्त्री पौडेल

file-photo

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले आगामी बजेट मार्फत विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ ।

निर्यात व्यवसायी महासङ्घ नेपालको आज काठमाडौँमा आयोजित प्रथम साधारण सभामा अर्थमन्त्री पौडेलले आगामी बजेटमा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रमहरू समावेश हुने बताउनुभयो ।
नेपाली उत्पादनको निर्यात प्रवर्द्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुहुँदै अर्थमन्त्री पौडेलले नेपाली उत्पादनको गुणस्तर सुधारमा जोड दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको परराष्ट्र नीतिलाई आर्थिक कूटनीतिमा केन्द्रित गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय बजार नेपाली उत्पादनप्रति सकारात्मक रहे पनि उचित लाभ लिन नसकिरहेको हुनाले त्यसको सुधारका लागि सम्भावित क्षेत्रहरूको पहिचान गर्ने तथा द्विपक्षीय समझदारीका आधारमा जटिलताहरू समाधान खोज्ने पहल भइरहेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्यात प्रवर्द्धनका लागि बस्तुको बजारीकरणलाई समयानुकूल परिमार्जन गरी प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गुरुङले नेपाल सरकारले सुरु गरेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा भित्र समाहित भई नेपाली उत्पादनहरूको बजारीकरण गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button