वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीद्वारा अर्थमन्त्रीसँग भेटघाट
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको समुचित व्यवस्थापनका साथै यस क्षेत्रका उद्योगी व्यवसायीहरूले भोग्दै आएका समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भएको भेटघाटको क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विगतका वर्षहरूदेखि नै उठाउँदै आएको यस क्षेत्रको उद्योग, व्यापार र पारवहन लगायतका क्षेत्रहरूको सन्तुलित विकासलाई ध्यान दिनुपर्ने, अन्योलपूर्ण परिस्थितिमा निजी क्षेत्रको भूमिका र अपेक्षालाई नेपाल सरकारसँग सहकार्य गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका बाटो पहिल्याउन आग्रह गरेको थियो ।
सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले कर, भन्सार, राजस्वसँग सम्बन्धित विद्यमान अस्पष्ट व्यवस्थाको निराकरण गर्नुपर्ने, बैक, इन्स्योरेन्स तथा वित्तीय संस्थासँग सम्बन्धित जटिलता हटाउनुपर्ने, वीरगञ्ज तथा बारा पर्सामा सञ्चालनमा रहेका पूर्वाधार विकासका परियोजना समयमै सम्पन्न गराउनेतर्फ आफूहरूले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्