तपाईँ सुन्दै हुनुहुन्छः

गाँजासहित एक जना पक्राउ

भोजपुर । भोजपुरमा प्रहरीले झोला चेकजाँच गर्ने क्रममा गाँजा फेला परेपछि एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ९ मा रहेको प्रहरी चौकी हसनपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले बिहिवार बेलुका संखास्पद अवस्थामा हिडडुल गरी राखेका सुनसरीको बराहा क्षेत्र नगरपालिका–१ चतराका २३ बर्षीय मनिष थानीको झोला चेक गर्ने क्रममा २ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनुभयो ।

थानीले बोकेको झोलाबाट गाँजा फेला परेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य शुरु गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

मोवाइल चार्जबाट झिक्ने क्रममा सर्ट भई पड्किदा एक जना घाइते
मोवाइल चार्जबाट झिक्ने क्रममा सर्ट भई पड्किदा एक जना महिला घाइते भएकी छन् ।

जिल्लाको षडानन्द नगरपालिका वडा नम्वर १० मा मोवाइल चार्जबाट झिक्ने क्रममा सर्ट भई पड्किदा ५३ बर्षीय सर्मिला तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

बिहिवार आफनै घरमा चार्जमा राखिएको मोवाइल पड्किदा तामाङको दुवै हात र शरीरका बिभिन्न भागमा चोट लागेकोले उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाएको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button