तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स ८ प ७३३० र स ६ प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ५२४३ नम्वरको मोटरसाइकल चालक खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो. अनवर अलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button