तपाईँ सुन्दै हुनुहुन्छः

आईपीएल आजदेखि शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

काठमाडौं । विश्वको सबैभन्दा महंगो क्रिकेट लीग इण्डियन प्रिमियर लिग आजबाट शुरु हुँदैछ ।

चेन्नईमा हुने उदघाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरमा उत्कृष्ट खेलाडीहरू छन् ।

दुबै टोली जित हात पार्दै सुखद् शुरुवात गर्ने योजनाका साथ मैदानमा उत्रने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button