तपाईँ सुन्दै हुनुहुन्छः

सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको छ ।

शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो ।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

“स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ,” चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्र्तुममा पत्रकार सम्मेलनमा भन्नुभयो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button