तपाईँ सुन्दै हुनुहुन्छः

थप ३३२ जनामा कोरोना संक्रमण, ७९ जना सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७९ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ७९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २ हजार ४ सय ५४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार ३८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button