तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुधवार हतुवागढी गाउँपालिका वडा नम्बर २ लुगिंन स्थित घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा सहचालक भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ बासिखोराका २० वर्षीय नविन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कानुनी प्रक्रिया पुरा गरी मृतक राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटना पश्चात् फरार रहेका रामप्रसाद राई गाउँपालिका वडा नम्बर ४ दलगाउँको प्रेम बहादुर रणपहेलीलाई पौवादुङ्मा गाउँपालिका वडा नम्बर ५ सानोदुम्माबाट फेला पारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button