तपाईँ सुन्दै हुनुहुन्छः

यू–१६ टी–२० क्रिकेट रुपन्देही र कपिलवस्तु विजयी

भैरहवा। रुपन्देहीको भैरहवामा नेपाल प्रदेशस्तरीय यू–१६ टी–२० क्रिकेट प्रतियोगिताको दुई खेलमा रुपन्देही र कपिलवस्तु विजयी भएका छन् ।

रुपन्देहीले गुल्मीलाई ३२ रन र कपिलवस्तुले अर्घाखाँचीलाई ८ विकेटले पराजित गर्दै जित निकालेका छन् । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको छ । जसका लागि प्रकाश गिरीले ३९ र विशाल भुसालले ३८ रन जोडे । बलिङमा गुल्मीका प्रशान्त श्रेष्ठ र विष्णु आलेले समान २ र २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुल्मीले ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनायो । उसका लागि विष्णु आलेले २६ र नवीन हिताङले २४ रन बनाए । बलिङमा रुपन्देहीका सुमित पराजुली, साजद आलम र सन्तोष यादवले समान २/२ विकेट लिए । प्रकाश गिरी म्यान अफ द म्याच भए । दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अर्घाखाँचीले ८ विकेटको क्षतिमा १३२ रन बनायो । उसका लागि सागर खत्रीले ३१ र विजय पोख्रेलले २३ रन बनाए । बलिङमा कपिलवस्तुका विपीन खनालले २ तथा कम्रान खाँन र रोशन खाँनले समान १ र १ विकेट लिए ।

प्रतिउत्तरमा कपिलवस्तुले १७ ओभर २ बलमा २ विकेट गुमाउँदै १३३ रन बनाई लक्ष्य पूरा गर्यो । उसका लागि रिषभ बेल्बासेले ५६ र रोशन खाँनले ४९ रनको योगदान गरे । बलिङमा अर्घाखाँचीका रोशन बन्जाडेले १ विकेट लिए । रिषभ बेल्बासे म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button