तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । एशोसिएसले आर्थिक समाचार समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भए मात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।
तालीममा नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एशोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण गर्नु भएको थियो  ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताउनुभयो  ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले गलत सूचनाका कारण लाखौँ लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिनु भयो । सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताउनुभयो ।
तालिममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button