तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भइरहेको अवैध उत्खनन रोक्न प्रहरी सक्रिय 

तनहुँ । जिल्लाका विभिन्न स्थानमा नदी तथा प्राकृतिक स्रोतको दोहन गर्नेक्रम बढेपछि त्यसलाई रोक्न जिल्ला प्रहरी कार्यालय तनहुँ सक्रिय बन्न थालेको छ ।  प्रहरीले निषेधित क्षेत्रमा दोहन गर्न र ओसारपसारमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा  लिन थालेको हो ।

जिल्लाको म्याग्दे, भिमाद, ब्यास, शुक्लागण्डकीका विभिन्न क्षेत्रबाट दोहन र ओसारपसारमा संलग्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले गत १६ गते यता मात्र चार स्थानीय तहका  विभिन्न घाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न चार एक्स्काभेटरसहित १३ सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।

जि।प्र।का। तनहुँका सूचना अधिकारी तथा नायव प्रहरी उपरीक्षक युवराज तिमल्सिनाका अनुसार  गत १६ गते म्याग्दे गाउँपालिका ५ स्थित छाङ्गपाटनबाट अवैध नदी दोहन गरेको अवस्थामा ग १ क २८७९ नम्बरको जेसिवीलाई प्रहरीले नियन्त्रणमा लिएका थियो । इलाका प्रहरी कार्यालय भिमादको टोलीले उक्त एक्स्काभेटर नियन्त्रणमा लिई सम्बन्धित गाउँपालिका बुझाई जरिवाना गराइको छ ।

यस्तै चैत्र २१ गते भिमाद नगरपालिका वडा नं. ५ एक्लेमा बिना इजाजत गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्स्काभेटर सहित बालुवा लोड गरेको ग १ त ४०६१ नं. टिपरलाई ईप्रका भिमादले नियन्त्रणमा लिएको थियो ।

यता  चैत्र २१ गते नै व्यास नगरपालिका वडा नं. ७ गलमखोला स्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैध रूपमा ढुङ्गा उत्खनन गर्दै गरेको ना १ क ६२५२ नं. को एक्साभेटरसहित ग. १ त ६०९८ नं. को ट्याक्टरलाई जिल्ला प्रहरी चौकी कलेस्ती तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले गत २२ गते बिहान शुक्लागण्डकी नगरपालिका वडा नं. ८ पाटनमा रहेको जमिनबाट बिना इजाजत ढुङ्गा माटो उत्खनन गरिरहेको अवस्थामा ग १ क ३४३५ नं. को एक्स्काभेटर र  लोड गरिरहेको अवस्थामा ग १ त ३१९०, ग १ त ३४२१ र ग १ त ३०७० नं. को ट्याक्टरहरूलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीलगत  चैत्र २३ गते शुक्लागण्डकी नगरपालिका वडा नं. ९ छहराबाट अवैधरुपमा नदीजन्य पदार्थहरू उत्खनन गरिरहेको अवस्थामा ग। १ क ३७८८ नं. को एक्स्काभेटर र ग १क ३१७५ नं. को जेसिवी, ग १ क ३२५२, ग १ क ३२५१ नं. को टिपरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button