कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोमबार २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रबाट १९ वर्षीय सन्जोग भण्डारी र १८ वर्षीया प्रिति मडैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार उनीहरूको साथबाट शून्य दशमलव ७२ ग्राम चरेश र शून्य दशमलव १५ ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्