तपाईँ सुन्दै हुनुहुन्छः

बालकल्याण नमुना मावि लिबाङ ४ स्वर्ण सहित प्रथम 

रोल्पा । रोल्पा नगरपालिकाको आयोजना तथा बालकल्याण नमुना  माध्यमिक विद्यालय लिबाङ, रोल्पाको सञ्चालनमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको खेलहरू मार्सल आर्ट तर्फ तेक्वान्दो, कराते र उसु  खेल भव्य रूपमा सम्पन्न भएको छ ।
तेक्वान्दो खेल तर्फ प्रथम स्थान हासिल गर्न बालकल्याण नमुना मावि लिबाङ ले  ४ स्वर्ण  ६ रजत  ४ कांस्य  प्राप्त गरी प्रथम भएको छ । २ स्वर्ण सहित होलीभिजन आ.मावि लिवाङले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
त्यसै गरी १ कांस्य सहित राष्ट्रिय मावि खुमेल तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button