तपाईँ सुन्दै हुनुहुन्छः

महामारी निर्मूल गर्न सबै पक्षको सहकार्य महत्त्वपूर्ण : राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड –१९ को महामारीको निर्मूल गर्न सरकार, व्यवसायी , गैरसरकारी संस्था र नागरिक समाज बीचको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

अमेरिकी दूतावास युवा परिषद् (यू.एस्.वाइ.सी) , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिकाल प्रोडक्सनकाे संयुक्त साझेदारीमा मंगलबार आयोजित पहिलो ‘नेपाल स्वास्थ्य सम्मेलन’ को उद्घाटन गर्नुहुँदै राजदूत बेरीले कोभिड –१९ को महामारीको सामना गर्न यस्ता सम्मेलनहरूले उच्च मनोबल र विज्ञता भएकाहरूलाई एउटै मञ्चमा ल्याउने विचार व्यक्त गर्नुभयो   ।

राजदूत बेरीले याे सम्मेलनले सरोकारवालाहरूमा अझ राम्रो समझदारी निर्माण गर्ने सहयोग गर्ने बताउनुभयो ।

‘मलाई आशा छ कि यो सम्मेलनले जनस्वास्थ्यको बारेमा नेपालका सबै भन्दा राम्रो र उज्ज्वल दिमागहरूलाई एउटै मञ्चमा ल्याएको छ, र सम्मेलनले नवीन विचार र प्रतिबद्धताहरूको परिणाम दिनेछ जसका कारण नेपाललाई भविष्यका चुनौतीहरूको विरुद्ध लड्न मद्दत पुग्ने छ’ , बेरीले बताउनु भयो ।

सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले  र अमेरिकी राजदूत बेरीले संयुक्त रूपले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button